भारतीय चिनी अझै नआउने, आगामी वर्षसम्म भारतीय प्रतिबन्ध कायम
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्याउने निर्णय गरेको छ । आन्तरिक बजारमा चिनीको उपलब्धतालाई सहज बनाउन र मूल्य नियन्त्रण गर्न सन् २०२३ को अक्टोबरसम्म निर्यात प्रतिबन्ध कायम राख्ने भारत सरकारले निर्णय गरेको छ ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले आगामी वर्ष अक्टोबर ३१ सम्म प्रतिबन्ध कायम रहने जानकारी गराएको छ । यद्यपि, (सिएक्सएल र टीआरक्यू) कोटाअन्तर्गत निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने बताइएको छ ।
बढ्दो मुद्रास्फीतिबीच उपभोग्य सामाग्रीको मूल्य घटाउन भारतीय सरकारले विभिन्न कदम चाल्दै आएको छ । गत जुन १ देखि यही अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाइएको थियो ।
सबैभन्दा बढी चिनी उत्पादन गर्ने र विश्वमा दोस्रो ठूलो निर्यातकर्ता भारतको यो निर्णयले नेपाललगायत अन्य मुलुकमा चिनीको हाहाकार हुने सम्भावना बढेको छ ।
टिप्पणीहरू