मधेशका कार्यालय भोलि पनि बन्द
मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा भोलि पनि सार्वजनिक बिदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले भोलि प्रदेशभर सार्वजनिक बिदा दिइने बताउनुभएको छ ।
संघीय सरकारले आज छठ पर्वको मुख्य दिन देशभर बिदा दिएको छ । तर,छठ भोलि बिहान सूर्य उदाएपछि मात्र सकिने भएकाले मुख्यमन्त्रीले प्रदेशमा थप छुट्टी दिने घोषणा गर्नुभएको छ ।
टिप्पणीहरू