तिहारपछि सेयर बजारमा चहलपहल

तिहारपछि सेयर बजारमा चहलपहल

साताको दोस्रो तथा कारोबारको पहिलो दिन सोमबार सेयर बजार १६.३९ अंकले बढेको छ । आज नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । उक्त इन्डेक्स ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो ।

आज एक सय ८५ कम्पनीको कारोबार भएको छ । तीमध्ये एक सय १० कम्पनीको मूल्य बढेको छ भने ६५ वटाको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

२५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विकास बैंकबाहेक सबैजसो कम्पनीको सेयर भाउ उकालो लागेको छ । आज एन.आई.सि.एसिया बैंकको ६ करोड १७ लाख २१ हजारबढीको कारोबार भएको छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको जनाइएको छ ।

टिप्पणीहरू