विकासको बहार ल्याउने भनेपछि ३ सय एमाले कार्यकर्ता एकीकृत समाजवादीमा

विकासको बहार ल्याउने भनेपछि ३ सय एमाले कार्यकर्ता एकीकृत समाजवादीमा

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । परवानीपुरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

अपार सम्भावना भए पनि अपेक्षित विकास हुन नसकेको बाराको समग्र विकासका लागि आफूले नेतृत्व लिने उहाँको भनाइ छ । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले जिल्लामा राष्ट्रिय महत्वका परियोजनालाई अघि बढाइने उल्लेख गर्नुभएको छ ।

करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्याउने, कृषिको आधुनिनीकरण गर्नेलगायत योजना अघि सारिएको छ । अवसरमा नेकपा एमालेका तीन सय जना कार्यकर्ता तथा समर्थक एकीकृत समाजवादीमा प्रवेश गरेको बताइएको छ ।

टिप्पणीहरू