मध्यराति २ किशोरीमाथि सामूहिक बलात्कार,१५ बर्षको केटा सँलग्न

मध्यराति २ किशोरीमाथि सामूहिक बलात्कार,१५ बर्षको केटा सँलग्न

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जना किशोर पक्राउ परेका छन् ।

सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार समातिएका किशोरहरुले घटनामा अरु तीन जनाको पनि नाम पोलेका छन् ।

उनीहरूको खोजी तीब्र पारिएको प्रहरीको भनाइ छ । पीडित किशोरीहरु र पक्राउ परेका आरोपीहरू चिनजानका साथी रहेको खुलेको छ ।

अभियुक्तले कञ्चन गाउँपालिका–२, गोफ्लापुरमा दुवै किशोरीलाई रातको समय जबरजस्ती करणी गरेका हुन् । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू