देउवालाई स्वागत गर्न सयपत्रीको माला लिएर उभिए उनैका प्रतिद्वन्द्वी

देउवालाई स्वागत गर्न सयपत्रीको माला लिएर उभिए उनैका प्रतिद्वन्द्वी

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई हराउन कस्सिएका डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवालाई स्वागत गर्न मालासहित लाइन लागेका छन् । चुनावी प्रचारप्रसारका क्रममा देउवा आज डडेल्धुरा पुग्नुभएको छ ।

देउवाविरुद्ध प्रतिष्पर्धा गर्नकै लागि गुल्मीबाट हान्निएर डडेल्धुरा पुगेका ढकालले चुनाव जितेर प्रधानमन्त्री बन्ने दावी गर्दै आएका छन् । कतिसम्म भने उनले देउवालाई पराजित गरे दुई दिनसम्म ब्रत बस्ने वाचासमेत गरेका छन् ।

पछिल्लो समय उनी डडेल्धुराका घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले भव्य स्वागत गरेको र आफूले जित्ने उनको दावी रहँदै आएको छ । तर,देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।उनले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिएका छन् । डडेल्धुरामा देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्ल पनि उठेका छन् ।

प्रधानमन्त्री देउवाको चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उहाँ २० कात्तिकमा काठमाडौं फर्कनु हुने छ ।

टिप्पणीहरू