जहाँ देउतालाई मासुको झोलसँग भातको भोग दिइन्छ

जहाँ देउतालाई मासुको झोलसँग भातको भोग दिइन्छ

राजधानीको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । ‘लाः तिइ म्ह’ नामको जात्राले प्रख्यात यो जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्णमध्येको एक हो ।

यो जात्रामा देवीदेवतालाई मासुको झोलसँग भातको भोग लगाउने प्रचलन रहेको बताइन्छ । ‘लाः’ को अर्थ मासु, ‘तिइ’ को अर्थ झोल र ‘म्ह’को अर्थ खाने ज्यान हो ।

वर्षका २४ अष्टमीमध्ये मुख्य अष्टमी अर्थात् ‘मुः’ अष्टमीबाट जात्रा शुरुसँगै स्थानीयले छोयला,त:खाः (थलथले),अएला (रक्सी) लगायतका परिकारलाई विशेष महत्व दिने गर्छन् ।

बलम्बू जात्रामा परम्परागत बाजासँगै कुमारी,महालक्ष्मी र गणेशको रथ घुमाइन्छ ।

टिप्पणीहरू