एमाले केन्द्रीय सदस्य रिताद्वारा पार्टी परित्याग

एमाले केन्द्रीय सदस्य रिताद्वारा पार्टी परित्याग

नेकपा एमाले केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला सह-इञ्जार्ज रिताकुमारीले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएको बताएकी छन् ।

आज प्रकाशित विज्ञप्तिमा अध्यक्ष ओलीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग साँठगाँठ गरेर देश र जनतालाई धोका दिएको आरोप लगाइएको छ । ‘नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका नाइके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेका छन्,‘ विज्ञप्तिमा उल्लेख छ ।एमालेले राजसंस्था पुनःस्थापना गर्नेजस्ता जनविरोधी एजेण्डाहरु बोकेको राप्रपासँग गठबन्धन गरेको पनि उनको भनाइ छ । पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हावी भएको बताउँदै मुलुकलाई निकास दिन नसक्ने भएकाले एमालेमा बस्न नसक्ने उनको भनाइ छ ।

टिप्पणीहरू