४ करोड ठगेका वीरगञ्जका अन्सारी पक्राउ
जग्गाको किर्ते कागजात बनाइ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ घर भइ सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी हुन् ।
उनले काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी कीर्ते कागजात (करार) बनाएर ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले घरेलु तथा साना उद्योग कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटल प्रालि नामक कम्पनी दर्ता गराएका हुन् । सोही होटलमा लगानी गर्ने नाममा चार करोड ५० लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अन्सारीलाई नियन्त्रणमा लिएर कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
टिप्पणीहरू