ताप्लेजुङलाई थप २ अस्थायी मतदान केन्द्र चाहियो
-कमल भट्टराई
ताप्लेजुङमा निर्वाचनको बेला सञ्चार माध्यमको भूमिकासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
हिजो बिहान जिल्लाका सञ्चारकर्मीहरुसँगको छलफलमा निर्वाचन आयोगले हालसम्म गरेका कामहरुको जानकारी दिइएको छ । ताप्लेजुङमा ८८ हजार २ सय ८५ मतदाता छन् भने ७५ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् ।
जिल्ला कारागार र तोक्माको शनिबारे हटिया क्षेत्रमा थप दुई वटा अस्थायी मतदान केन्द्र माग गरिए पनि स्वीकृत नभइसकेको निर्वाचन कार्यालयको भनाइ छ । आजसम्म ९० प्रतिशत निर्वाचन सामाग्री प्राप्त भइसकेको छ ।
मतदाता शिक्षाका लागि स्थानीय निकायबाट महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । आजदेखि सबै स्थानीय निकायमा निर्वाचन कार्य थालिने जानकारी दिइएको छ ।
यस पटक आयोग आफैले मतदाता शिक्षाको निम्ति स्थानीय निकायमा नमूना मतदान सञ्चालन गर्ने भएको छ । यस पटकको निर्वाचनमा आचारसंहिता पालना गराउन निर्वाचन आयोगले समयसापेक्ष थप बुँदाहरु समेत राखेको बताइयो । तर, स्थानीय एफएममा उम्मेदवारकाे लाइभ कार्यक्रम गर्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा आचारसंहितामा केही उल्लेख छैन ।
टिप्पणीहरू