सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा संयुक्त अपिल

सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा संयुक्त अपिल

सत्ता गठबन्धनबाट उठेका प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारलाई जिताउन रुकुम पश्चिमका गठबन्धन दलहरुले संयुक्त अपिल गरेका छन् । अपिलमा सत्तारुढ दल नेपाली काँग्रेसका कार्यवाहक सभापति हर्कसिंह खत्री,नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द रोका, एकीकृत समाजवादीका अध्यक्ष हरिप्रसाद शर्मा,नेपाल समाजवादी पार्टीका अध्यक्ष प्रशाराम खत्री र राष्ट्रिय जनमोर्चाका सत्यनारायण क्षेष्ठले हस्ताक्षर गरेका छन् ।उनीहरुले गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा,प्रदेशसभा (क) का महेन्द्र केसी र (ख) का राजकुमार शर्मालाई मतदान गर्न आग्रह गरेका हुन् । रुकुमको समग्र विकासलाई अर्को उचाइमा पुर्याउन दलहरुबीचको आपसी सहकार्यलाई अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनीहरुले गठबन्धनकोे जीतपछि जिल्लाको विकासले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।

‘रुकुमको समग्र विकास र समृध्दिको यात्रालाई नयाँ उचाइमा उठाउँदै समाजवाद निर्माणको नमूना जिल्ला बनाउने उद्देश्य पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका प्रत्यक्षतर्फका उम्मेदवारलाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा अमूल्य मत दिई विजयी गराउन आम मतदाताहरुमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू