पहिचान खुल्न नसकेका र बेहोस फेला परेको पुरुषको मृत्यु

पहिचान खुल्न नसकेका र बेहोस फेला परेको पुरुषको मृत्यु

दोलखाको भीमेश्वर नगरपालिकामा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।

ती पुरुषको पहिचान भने खुल्न सकेको छैन।

अन्दाजी ३५ बर्षीय पुरुष भीमेश्वर वडा नम्बर ३ स्थित चरिकोट–मन्थली सडकमा लडेर बेहोस अवस्थामा फेला परेका थिए।

खबर प्राप्त भएसँगै प्रहरी टोलीले उनलाई उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पताल लगेको थियो ।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

अहिले शव अस्पतालको शव गृहमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू