चुनावको मुखमा ५ वटा मन्त्रालय रित्तै

चुनावको मुखमा ५ वटा मन्त्रालय रित्तै

विकसित राजनीतिक घटनाक्रमका कारण वर्तमान क्याबिनेटमा पाँच वटा मन्त्रालयका मन्त्री खाली भएका छन् । एकातिर चुनावको चटारो, अर्कोतिर संवैधानिक व्यवस्थाका कारण मन्त्री पूर्ति गर्न नसकिएको हो ।

‘यसबीच पाँच वटा मन्त्रालय खाली भएको छ,नेतृत्व नभएपछि बेवारिसे जस्तै देखिन्छ,’ एक जना सचिवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै मन्त्रालय सम्हाल्न गाह्रो भएको अवस्थामा झण्डै एक महिनादेखि अन्य मन्त्रालयको कार्यभार पनि थपिएको छ ।

तत्कालीन कानुनमन्त्री गोविन्द शर्मा कोइराला ‘बन्दी’ संवैधानिक हिसाबले जिम्मेवारीबाट बाहिरिनुभएको छ । सांसद नहुनुभएकाले छ महिना क्याबिनेट मन्त्री भएपछि उहाँले पुनः निरन्तरता नपाउनुभएको हो ।

बन्दीपछि उक्त मन्त्रालयको जिम्मेवारी पहिले कानुन मन्त्रालय आफ्नो रुचीको विषय नभएको धारणा राख्नुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

मन्त्री कार्कीको पहिलेको अभिव्यक्ति र अहिलेको जिम्मेवारीलाई विश्लेषण गर्दै एमाले निकट राजनीतिक विश्लेषकले भने, ‘अहिलेको सरकारले अपनाएको राज्य सञ्चालनको विषय कति लापरवाही र हचुवा छ भन्ने प्रष्ट हुन्छ । पहिले तीन चार महिना उनै कानुनमन्त्री थिए । त्यहाँबाट हटेपछि दिएको अभिव्यक्तिलाई सामान्य मान्न नहुने हो ।’

अन्य चार वटा मन्त्रालय जनता समाजवादीका मन्त्रीलाई बर्खास्त गरेपछि रिक्त भएको हो । ती र पहिले डा. मीनेन्द्र रिजालले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाको भागमा परेको छ ।

टिप्पणीहरू