राष्ट्रपतिलाई बिदा गर्न जानेले के लाउने ?
राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ आइसल्याण्डतर्फ जाँदै हुुनुहुन्छ । उहाँ महिलाहरुको विश्व सम्मेलनमा सहभागी हुन झण्डै डेढ दर्जन अधिकारीहरुको नेतृत्व गर्दै काठमाडौंबाट दोहा भएर त्यसतर्फ जाने कार्यक्रम छ ।
साँझ ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहा जाने क्रममा विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने सरकारी अधिकारी र सुरक्षाकर्मीहरुको निम्ति विभुषण र पोशाक तोकिएको छ । तोकिएको पोशाक र विभुषण भिरेर मात्र त्यहाँ उपस्थित हुन दिइएको आदेशमा सरकारी कर्मचारीले नम्बर ३ पोशाकअन्तर्गत ग्रे कालो कोटसहितको औपचारिक पोशाक पट्टासहित मानपदवी २ र अलंकार पदकहरु लगाउनुपर्ने छ ।
सेना,प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट उपस्थित हुनेले ट्युनिक एक्युलेट ग्याठ बुट,मानपदवी २, अलंकार र पदक लगाउनुपर्ने छ । परेडमा सहभागी हुनेलाई खड्ग भिर्न भनिएको छ ।
उक्त पोशाक र विभुषण राष्ट्रपति भण्डारी स्वदेश फर्कने दिन बिहान पनि लगाउनुपर्ने छ । राष्ट्रपति आगामी शनिवार बिहान पौने ८ बजे कतार एअरवेज क्युआर ६४८ को उडानमा दोहा हुँदै फर्कनुहुनेछ ।

टिप्पणीहरू