मन्त्री चौधरीको आयो यस्तो भनाइ…
सहरी विकासमन्त्री मेटमणि चौधरीले विपतको बेला चर्काे ब्याजमा क्रण खोजेर जनताको घर–घरमा औषधि पुर्याको बताउुभएको छ । उहाँले दाङको लमहीमा सञ्चारकर्मीहरुसँग बोल्दै उक्त धारणा राख्नुभएको हो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘कोभिड महामारीमा सयकडा ३ प्रतिशत ब्याजमा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरमा पुगेको थिएँ । नाका नाका पुगेको थिएँ । जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ । दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ ।’
आफूले जनताको सेवामा दिनरात नभनेको उल्लेख गर्दै मन्त्रीले बाढी, पहिरो, आगलागीलगायत हरेक विपत्तिमा जनताको सारथी बनेको दाबी गर्नुभएको छ ।
पहिलो पटक सांसद भएदेखि नै आफूले विद्यालय भवनहरु निर्माण गर्ने, अस्पताल निर्माण गर्ने, सीमा सुरक्षादेखि सिँचाइका थुप्रै योजनामा बजेट व्यवस्थापन गरेको उहाँको भनाइ छ । देउखुरीका जनताको मतबाट सांसद र मन्त्री भएकाले फेरि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो ।
राप्ती कोरिडोर, स्वर्गद्वारीसम्मको सडक विस्तार र केबलकार सञ्चालन, पोड वे सञ्चालन, मसोटदेखि बबइसम्म सुरुङ मार्गको अध्ययन र विस्तार जस्ता योजना शुरु गर्ने उहाँले वाचा गर्नुभएको छ ।
टिप्पणीहरू