२० वर्षीय युवकद्वारा २८ वर्षीया युवती बलात्कृत
कपिलवस्तुमा २० वर्षका युवकले २८ वर्षीया युवती बलात्कार गरेका छन् । उक्त आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी हुन् ।
उनले २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित युवतीको जाहेरीपछि इलाका प्रहरी कार्यालय, पकडीबाट खटिएको टोलीले पासीलाई हिजो पक्राउ गरेको जनाइएको छ ।
आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू