एमाले अध्यक्ष फेरि सुदूरपश्चिम जाने
एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पुनः सुदूरपश्चिम प्रदेश जाने हुनुभएको छ । उहाँले गत शुक्रबार दार्चुलाबाट चुनावी सभाको थालनी गर्नुभएको थियो ।
सोही दिन काठमाडौं फर्कनुभएका उहाँले हिजो गण्डकी प्रदेशका कास्की,बागलुङ र स्याङ्जामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुभयो । शुक्रबारझैँ हिजो पनि उहाँले सिम्रिक एअरको हेलिकप्टर प्रयोग गर्नुभएको थियो ।
उहाँले अब आगामी शनिबार सुदूरपश्चिमका तीन स्थानमा राखिएको आमसभालाई सम्बोधन गर्ने बताइएको छ । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार अध्यक्षले कात्तिक २६ गते बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरिया र ४ बजे कैलालीको लम्कीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
गत शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गर्नुभएको थियो ।
टिप्पणीहरू