शेखरको ठाउँमा मानबहादुरलाई टिकट
मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बूले पाएका छन् । नेपाली काँग्रेसका नेता तथा प्रदेश नम्बर १ का मन्त्री एवम् सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि रिक्त मोरङ क्षेत्र नम्बर ३ ’क’ को प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बूलाई दिइएको हो ।
नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका बेलबारी ८, निवासी लिम्बुले टिकट पाएपछि आजै मनोनयन दर्ता गरेका छन् ।
हिजो प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत रहेका शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय तोकेको हो ।
टिप्पणीहरू