झापामा बस्दै आएका भारतीयले गरे श्रीमतीको हत्या

झापामा बस्दै आएका भारतीयले गरे श्रीमतीको हत्या

झापाको बुधबारेमा बस्दै आएका भारतीय नागरिकले श्रीमतीको हत्या गरेका छन् । बुद्धशान्ति गाउँपालिका १, बुधबारे बजारमा सुन पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले २६ वर्षीया श्रीमती सपना गोरडको हत्या गरेका हुन् ।

भारतको महाराष्ट्र गुरेलीग्राम पञ्चायतका रघुनाथले घरयासी सामान्य विवादको क्रममा आज बिहान श्रीमती सपनालाई करुवाले हानेका थिए । उनले श्रीमतीको टाउकोमा करुवाले हानेका हुन् । श्रीमतीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्यामा संलग्न रघुनाथलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू