दमौलीमा एकै दिन ६ जनामा डेंगु देखियो
तनहुँ सदरमुकाम दमौलीमा एकै दिन छ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा १० जनाको परीक्षण गरिँदा छ जनाको रिपोर्ट संक्रमण पोजेटिभ आएको बताइएको छ ।
गत असोजमा मात्रै जिल्लामा अस्पतालमा परीक्षण गरिएकामध्ये एक सय एक जनामा संक्रमण भएको थियो । जाडो मौसम शुरु भइसक्दा पनि पहाडी जिल्लामा समेत डेंगुको प्रकोप र जोखिम घटेको देखिँदैन ।
टिप्पणीहरू