पूर्व प्रधानमन्त्री ओलीले संसदलाई खेलौना ठानेको प्रधानमन्त्री देउवाको आरोप
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न संसदलाई खेलौना ठानेको आरोप लगाउनुभएको छ । उहाँले संविधानमा नभएको अधिकार प्रयोग गरेर ओलीले दुई पटक संसद विघटन गरेको सन्दर्भमा उक्त आरोप लगाउनुभएको हो ।
चितवनको भरतपुरमा आज आयोजित लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री ओलीले संसदलाई खेलौना ठान्दै पटक पटक संसद विघटनको प्रयास गरेको बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एकताबद्ध नेपाल बनाउन गठबन्धनका उमेदवारलाई जिताउन आवश्यक छ, गठबन्धनको उमेदवारको विजयीको सुरुवात् चितवनबाट होस्, समृद्धिको यात्राको थालनी चितवनबाट हुन्छ ।’
प्रधानमन्त्री देउवाले वर्तमान सत्ता गठबन्धन आगामी तीन वटा चुनावसम्म कायम रहने ठहरसमेत गर्नुभएको छ ।
टिप्पणीहरू