सरकारी टोलीलाई मन्त्रोच्चारणसहित हेलिप्याडमा स्वागत
निर्वाचन भइरहेको सुरक्षा व्यवस्था बुझ्न कर्णालीका विभिन्न जिल्लामा पुगेका मुख्यसचिव शंकरदास बैरागीसहितको टोलीलाई हेलिप्याडमा मन्त्रोच्चारणसहित स्वागत गरिएको छ ।
कर्णालीका विभिन्न जिल्लामा निर्वाचन अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न पुगेको टोलीलाई सिडियोलगायत जिल्लास्थित सुरक्षा अधिकारीहरुले स्वागत गरेका हुन् । भ्रमण टोलीमा मुख्यसचिव वैरागी, गृह सचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहित सात जनको टोली नेपाली सेनाको हेलिकोप्टरमा आज बिहान काठमाडौंबाट जुम्ला पुगेको हो ।
सेनाको जुम्लास्थित २४ नम्बर बाहिनीमा समग्र कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल भएको थियो । मुख्यसचिव सहितको टोली जुम्लाबाट हुम्ला हुँदै मु्गु पुगेको छ । भोलि सोही टोली त्यस्तै अनुगमन गर्न सुदुरपश्चिमका विभिन्न जिल्ला जाने कार्यक्रम छ ।
टिप्पणीहरू