एमालेबाट टिकट नपाएको रिस पोख्लान् त मार्सीले ?

एमालेबाट टिकट नपाएको रिस पोख्लान् त मार्सीले ?

नेकपा एमालेले राप्रपालाई सहयोग गरेको  झापा क्षेत्र नम्बर ३ मा एमालेकै केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सी भने गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलासङ्ग हातेमालो गर्न पुगेका छन् ।


प्रसाईं सिटौलाको पक्षमा खुलेसँगै एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न समस्या पर्ने देखिएको छ । प्रसाईंसँगै कचनकवलका शेर आलमलेसमेत सिटौलालाई सघाउने बताएका छन् । आलम सिटौलाको पक्षमा खुलेपछि राप्रपाको गढ मानिएको कचनकवलमा पनि राप्रपालाई धक्का लाग्ने गठबन्धनका कार्यकर्ताहरुको दाबी छ ।

एमालेका तर्फबाट झापा क्षेत्र नम्बर ३ मा उठ्ने इच्छा राख्दै आएका प्रसाईं लिङ्देनका कारण उठ्न नपाएपछि अहिले एमालेविरुद्ध उत्रिएका हुन् । उनले उम्मेदवारी मनोनयनको समयदेखि नै लिङ्देनको तीब्र आलोचना गर्दै आएका थिए । तर अकस्मात निर्वाचन प्रचार प्रसारको अन्तिम क्षणमा उनले सिटौलासँग ‘विशेष भेटघाट’ गरेको फोटो सार्वजनिक भएको छ ।

टिप्पणीहरू