पाँचथरबाट नेकपाका मिक्सो मात्रै
नेपाली कम्युनिष्ट पार्टी, पाँचथरबाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस भएको छ । फागुन २१ गते तोकिएको निर्वाचनका निम्ति पाँचथरबाट हर्कबहादुर नेम्वाङ (मिक्सो) सर्वसम्मत सिफारिस भएका हुन् ।
केन्द्रले एकभन्दा धेरै दाबेदार रहेको अवस्थामा जेनजी र महिलासहित पाँच जनाको नाम पठाउन परिपत्र गरेको थियो । पार्टीको हिजो बसेको जिल्लास्तरीय बैठकले सबैको सर्वसम्मतिमा नेम्वाङको नाम सिफारिस गरेको हो ।
स्थानीय नेता दिनेश लावतीले भने,‘पाँच जनाको नाम पठाउन भनिएको थियो । तर, उहाँलाई उम्मेदवार बनाउन सर्वसम्मति जुटेकाले एकल सिफारिस गरेका हौं ।’ मिक्सो तत्कालीन माओवादी केन्द्रबाट पाँचथरको जिल्ला अध्यक्ष हुँदै कोशी प्रदेशको अध्यक्ष बनेका थिए ।
जनयुद्धकालदेखि संघर्ष गर्दै आएका उनी भद्र, जुझारु र अनुभवी नेता मानिन्छन् । जनयुद्धको क्रममा घाइते पनि भएका उनी माओवादीका तत्कालीन नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्वकीय बसेका थिए । पार्टीप्रतिको त्याग र निष्ठाका कारण उनलाई धेरैले शालिन नेता भन्ने गरेका छन्
टिप्पणीहरू