जेन जी विध्वंशमा घाइते रविलक्ष्मीको उपचार निरन्तर
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी विध्वंशका क्रममा गम्भीर घाइते रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेता झलनाथ खनालकी धर्मपत्नी चित्रकारको निवास पुगेर शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
भारतमा उपचार गरेर अस्ति स्वदेश फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित निवासमा पुगेका हुन् । चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको र थप सुधारका लागि उपचार जारी रहेको बताइएको छ ।

टिप्पणीहरू