शिशुको घाँटी थिची हत्या

शिशुको घाँटी थिची हत्या

सिन्धुपाल्चोकमा एउटी महिलाले अवैध रुपमा छोरी जन्माएर शिशुलाई हत्या गरेको खुलेको छ ।

हेलम्बु गाउँपालिका–५, कल्लेरी बस्ने प्रेम तामाङकी श्रीमती २२ वर्षीया रबिना तामाङले अवैध रूपमा शिशु जन्माएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शिशुको मुख थुनेर हत्या गरी घरबाट अन्दाजी ५० मिटर दक्षिणको खरबारीमा खाडल खनेर शिशुलाई पुरेको अवस्थामा फेला परेको हो । 

प्रहरीले तामाङलाई आवश्यक अनुसन्धानको निम्ति नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू