मानुषीलाई समर्थन गरेका कमल थापाका उम्मेदवार निस्क्रिय बस्ने

मानुषीलाई समर्थन गरेका कमल थापाका उम्मेदवार निस्क्रिय बस्ने

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ बाट प्रतिनिधि सभा सदस्यमा राप्रपा नेपालबाट उम्मेदवारी दिएका कुमार श्रेष्ठ चुनावी मैदानबाट फिर्ता भएका छन् । तीर चिन्ह लिएर चुनावमा उठेका श्रेष्ठले उम्मेदवारी निस्क्रिय पार्दै सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गर्ने बताएका छन् । 

उनले आज विज्ञप्ति जारी गर्दै आफ्ना समर्थक र मतदातालाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरेका छन् । ‘निर्वाचन क्षेत्र नम्बर–७ मा योग्य, जुझारु, विचारवान, क्षमतावान, अध्ययनशील, महिला राजनीति नेतृ मानुषी यमी भट्टराई योग्य उम्मेदवार रहन गएको निष्कर्षसहित म, मेरा शुभचिन्तक, मेरा मतदाता सबैलाई मंसिर ४ गते हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू