चुनाव हेर्न को को आए भिआईपी पाहुना ?

चुनाव हेर्न को को आए भिआईपी पाहुना ?

पर्सि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकका प्रमुख निर्वाचन आयुक्तसहितको टोली काठमाडौं आउने क्रम हिजोदेखि शुरु भएको छ ।

सोही क्रममा दक्षिण कोरियाका प्रमुख निर्वाचन आयुक्त सोङबेइ काङ नेतृत्वको टोली हिजो काठमाडौं आइपुगेको हो । काङको नेतृत्वमा तीन सदस्यीय टोली हिजो दिउँसो १ बजे मलेसियन एअरलाइन्सबाट काठमाडौं आइपुगेको थियो । 

यसअघि माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद थोफिकको नेतृत्वमा दुई सदस्यीय टोली पनि हिजै काठमाडौं आइसकेको छ ।

निर्वाचन पर्यवेक्षणका लागि आज भारत र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितको टोली नेपाल आएका हुन् । भारतका मुख्य निर्वाचन आयुक्त राजीव कुमारको नेतृत्वमा दुई सदस्यीय टोली आज दिउँसो १ बजे एअर इण्डियाबाट काठमाडौं आइपुगेको छ ।

बंगलादेशी टोली विमान बंगलादेशको उडानमा भोलि बिहान साढे ११ बजे आउने कार्यक्रम छ ।

टिप्पणीहरू