विमानस्थलमा अलपत्र बनाइएका यात्रुले नागरिक उड्ड्यन प्राधिकरण घेरे

विमानस्थलमा अलपत्र बनाइएका यात्रुले नागरिक उड्ड्यन प्राधिकरण घेरे

मध्यपूर्वका विभिन्न मुलुक जान सबै प्रक्रिया पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुलाई वायु सेवा कम्पनीहरुले विभिन्न बहानामा नउडाएपछि उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको ढोका ढकढकाएका छन् । विशेषगरी दोहा, दुबईमा वैदेशिक रोजगारीमा जान अग्रिम टिकट बुकिङ गरेका यात्रुलाई विमान कम्पनीहरुले ओभर बुकिङको बहानामा नउडाएपछि उनीहरु आक्रोशित भएका हुन् ।

पीडितहरु आज बिहान पौने १२ बजेको समयमा बबरमहलस्थित प्राधिकरण पुगेका थिए । झण्डै दुई दर्जनको संख्यामा रहेका उनीहरुले आफ्ना माग पूरा नहुञ्जेल धर्नामा बस्ने अडान लिएका थिए ।

प्राधिकरणका अधिकारीहरुसँग कुराकानी गरेपछि पीडितहरुले आफूहरुले बुक गरेको उडानमा सम्बन्धित मुलुकका शहरमा पुग्न पाउनुपर्ने माग गर्दै लिखित निवेदन दिएका हुन् ।

टिप्पणीहरू