सेनालाई चीनले पठायो करोडौंको सामान

सेनालाई चीनले पठायो करोडौंको सामान

मित्रराष्ट्र चीनले नेपाली सेनालाई एक करोड चिनियाँ युआन अर्थात् करिब १९ करोड नेपाली रुपैयाँ बराबरको सिग्नल उपकरण हस्तान्तरण गरेको छ । चीनको छन्तुबाट आएको एस एफ एअरलाइन्सको चार्टर उडानबाट ती सामाग्री आज दिउँसो काठमाडौं आइपुगेको हो ।

नेपाली सेनाको नम्बर १५ बाहिनीपति जोन्सन खड्कालाई चिनियाँ जनमुक्ति सेनाका कर्नेल ल्यु ख्यचङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामानमा १२ सय ४६ वटा टिएचपीडी वाकिटकी र दुई सय २९ वटा टीएचएमडी ७८५ मोडलको भेहिकल माउण्ट स्टेशन भएको बताइएको छ । 

ती सबै उपकरणको तौल झण्डै १९ सय केजी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू