भिआईपी क–कसले गर्नुभयो ७ बजे मतदान ?

भिआईपी क–कसले गर्नुभयो ७ बजे मतदान ?

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गर्नुभएको छ । उहाँले चितवनको निर्वाचन क्षेत्र नम्बर ३, शिवनगरस्थित मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको बताइएको छ ।

त्यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँहरु सबैले बिहान ७ बजे मतदान गर्नुभएको हो ।

टिप्पणीहरू