सेनापति मत हाल्न,राजदूतहरु मतदान हेर्न ठाउँ ठाउँमा

सेनापति मत हाल्न,राजदूतहरु मतदान हेर्न ठाउँ ठाउँमा

प्रधानसेनापति प्रभुराम शर्माले ललितपुरको झम्सिखेलस्थित सरकारी निवास शशीभवनबाट नागार्जुन नगरपालिका वडा नम्बर-४ सीतापाइलाको सीतापाइला मावि लाम्पाखीस्थित मतदान केन्द्रमा पुगी भर्खरै मतदान गर्नुभएको छ ।

उता काठमाडौं क्षेत्र नम्बर ४ स्थित मैतिदेवी गएर अमेरिकी राजदूत डिन आर थम्पसनले मतदानस्थल अवलोकन गर्नुभएको छ भने

एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ दोहोरिने सम्भावना रहेको काठमाडौं  जिल्ला निर्वाचन क्षेत्र  नम्बर ९  अन्तर्गतमा दक्षिण कोरियाली राजदूत  पार्क छङ्गसुक  यसैगरी मतदान हेर्न जानुभएको खबर छ ।
 

टिप्पणीहरू