इलाममा बम पड्कियो,तैपनि मतदान सुचारु

इलाममा बम पड्कियो,तैपनि मतदान सुचारु

इलामको एउटा मतदान केन्द्रमा हल्का बिस्फोट भएको छ । माइजोगमाई गापा–५ सोयाङ सिरिसेको सिरिसे मावि मतदान केन्द्र नजिकै बम पड्केको हो । 

बिस्फोटको ठूलो आवाज आए पनि कुनै क्षति भएको छैन । केहीबेर अवरुध्द भएको  मतदान अहिले सुचारु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू