बैतडीमा ११३ वर्षीया वृद्धाद्वारा मतदान

बैतडीमा ११३ वर्षीया वृद्धाद्वारा मतदान

बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया वृद्धले मतदान गरेकी छन् । मानमतीदेवी भट्टले स्थानीय उदयदेव आधारभूत विद्यालयबाट मतदान गरेकी हुन् । 

मतदान गर्दै उनले आगामी निर्वाचित जनप्रतिनिधिले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने प्रतिक्रिया दिएकी छन् ।

‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकबाट देखेकी छु’, वृद्धाले भनिन्, ‘अब देशमा स्थायित्व होस्, गरिबको दिन पनि आओस् भन्ने चाहेकी छु ।’

टिप्पणीहरू