विश्वकपलाई थप रोमाञ्चक बनाउन आइएमई पे र बीग डिजिटलबीच सम्झौता

विश्वकपलाई थप रोमाञ्चक बनाउन आइएमई पे र बीग डिजिटलबीच सम्झौता

आइएमई पेले ट्रिपल वर्ल्ड कप अफर ल्याएको छ । कतारमा जारी विश्वकप फुटबलको रोमाञ्चक खेललाई लक्षित गर्दै आइएमई पे र बीग डिजिटलले सहकार्य गरेका हुन् । 

समझदारी पत्रमा उल्लेख भएअनुसार खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेट खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यानबाट भुक्तानी गरेमा एक हजार रुपैयाँसम्म फल्याट छुट पाउन सकिन्छ ।

त्यस्तै, ग्राहकहरुका लागि पाँच हजार रुपैयाँसम्मको कुपन स्क्रयाच र फ्री स्पिकरको अफर पनि ल्याइएको छ ।  यो अफर बीग डिजिटलका स्टोरहरुमा गत मंसिर १ गतेबाट लागु भएको बताइएको छ । विश्वकप अवधिभर यो अफर कायम रहने छ ।

आइएमई पेले विभिन्न अवसरमा यस्तो अफर ल्याएको जानकारी दिएको छ ।

टिप्पणीहरू