सबैले हारिसके,तैपनि तँ सानो र म ठूलो ?

सबैले हारिसके,तैपनि तँ सानो र म ठूलो ?

निर्वाचनको परिणाम कसैले पनि कल्पना नगरेको आउने पक्का देखियो । यति धेरै मत आउने चाल पाएको भए अझ बढी उम्मेदवारहरु घन्टी चिन्हबाट चुनावमा उत्रेका हुन्थे। बिकल्प चाहियो भन्ने तर नेतृत्व गर्न नसक्ने एक खाले बौद्धिकहरु अहिले कोठाभित्र बसेर  मौका त पटक पटक आउने हैन यसपालिको भेल छोप्न सकिएन भनेर च्व च्व गरिरहेका हुनुपर्छ । झन्      ठूलो      विडम्बना चाही एकै क्षेत्रमा धेरै स्वतन्त्रहरु देखिनु र मत विभाजित हुनु पनि भयो। यी सबै परिणामले के प्रमाणित हुन्छ भने अहिलेको नतिजा कसैको सचेत सोच र अभियानबाट नभई मौजुदा पार्टीहरुका समय अनुसार परिबर्तन हुन नचाहने मानसिकताको उपज मात्रै हो । सबैले हार व्यहोरिरहेको अवस्थामा पनि अझै म ठूलो  पार्टी र उ भन्दा म ठुलो भन्ने  अहंकारी सोचमा पटक्कै फरक नहुनु अर्को दुखको बिषय हो। स्थायी सरकार र संसदमार्फत समृधितिर लम्कने मुख्य नारालाई यो निर्बाचनमा सांचिकै बाघ आउदा गुहार  गुहार गर्दा  त्यतिकै ढाँटेको होला भनेर साथीहरु बचाउन नगएको कारण ज्यान गएको कथा जस्तो देखियो । ब्यबस्था परिबर्तन पछाडी संबिधान बनाउन लामो समय लाग्नु , पहिलो निर्बाचनले दिएको झन्डै दुइ तिहाइ मत बचाव गर्न नसक्नुको परिणाम स्वरुप जनतामा देखिएको नैराश्यतालाई यस पटक बिकल्पको संज्ञा दिन पुग्यो। के सांचिकै यो  बैकल्पिक नेतृत्व प्राप्त भएको हो त ? त्यसो हो भने यो शक्तिले सबिधान अनुसार नंया सरकार निर्माण गरि शुशाशन गर्ने छ त् ? प्यासले छटपटाइ रहेको भनिएका जनतालाई पेट भरि पानि प्युन दिने छ त ? यी कुनै पनि प्रश्नको सहि जवाफ प्राप्त हुने देखिदैन।  

निर्बाचनताका सबै भन्दा धेरै प्रचार गरिएको अदालतमा समेत मुद्धा परेको " नो नट अगेन " भनिएका मुख्य  तीन दलका अधक्ष्यहरु सबैले भारि मतले आफ्नो जीत सुनिश्चित गर्ने पक्का छ। तर आफुलाई सबै भन्दा ठुलो दल हुन्छु भन्ने गरेको एमालेको दोश्रो स्तरका धेरै नेताहरुले हार व्यहोर्नु पर्ने देखिन्छ। केहि राम्रा काम गरेका वा गर्न सक्ने आशा गरिएका सबै दलका भरपर्दा अनुभबी  नेताहरु यस पटक संसदमा देख्न पाइने छैनन । संसदीय प्रणालीमा खारिएका केहि  सद्श्यहरुको उपश्थिति आबश्यक हुन्छ नै। अहिले बेलायतमा लेबर पार्टीले आफ्नो घोषणा पत्रमा हाउस अफ लार्ड्सको ब्यापक परिबर्तन गर्ने भन्ने प्रस्ताब माथि छलफल हुन् थालेको छ। प्राय जसोले यो पुरानो र महत्वपुर्ण अंगलाइ चलाउन हुदैन भन्ने मत राख्दा सबै भन्दा बलियो तर्क के दिन्छन भने कमसेकम केहि लर्ड्सहरु लामो समय देखि रही रहने हुँदा त्यहा आउने कानुनहरु अधोपान्त अध्ययन गरेर सुझाब त दिन्छन भन्ने छ। सधै फेरि रहने वा नंया नंया भयो भने अनुभवको कमि हुने हुदा कानुन बनाउने प्रक्रिया नै कम्जोर हुन् सक्छ भन्ने जिकिर छ।हामीले अहिले सम्म संसद भनेको बिकास निर्माणको ठेक्का पार्ने थलोको रुपमा मात्रै बुझ्दै आएका छौ जुन सोर्है आना सहि हैन। 

सम्पूर्ण परिणाम आउँदा सम्म बाम लोकतान्त्रिक गठबन्धनले सरकार सम्म बनाउन सक्ने सिट पुर्याऊन सक्छ कि भन्ने झिनो आशा बाँकी छ। तर त्यहा पनि कांग्रेसको संसदीय दलको नेता को बन्ने भन्ने बिबादका कारण पार्टी फुट्न सम्म सक्ने सम्भावना पनि हुन् सक्छ। बामपन्थी तालमेलको गुञ्जायस पनि नदेखिने र एमाले र कांग्रेसको सरकार बनाउन पनि सम्भब देखिदैन। त्यसैले आउदो पांच बर्ष स्थाई सरकार नपाउने पक्का  नै देखिन्छ। त्यसो भए अहिले स्थानीय निर्बाचनमा केहि ठाउमा देखिएको स्वतन्त्र उमेद्वारहरुको सफलताको भेल छोप्न जसलाई पनि टिकेट दिने गरि दर्ता गरेर यति ठुलो मत पाउने घन्टी चुनाब चिन्ह भएको पार्टीको भूमिका र महत्व चाही के हुने हो त ? जनता संग बाचा गरेका कसमहरु  पुरा चाही कसरि गर्ने हो त ? सरकार निर्माणमा यो पार्टीको भूमिका के हुने हो त ? निर्बाचन अगाडी नै संसदीय दलको नेता छान्ने प्रक्रियामा एकल निबेदन परेका अधक्ष्यले चुनाब जिते पछि के गर्ने भन्ने बारे भने त्यति सोच्न भ्याएका छैनन होला। कुनै दलले सरकारको नेतृत्व गर्न अहिले नै मौका दिने सम्भाबना त्यति धेरै देखिदैन। उही कुनै एउटा पुरानो पार्टीलाई सरकारमा पुर्याउन भरेङ्ग मात्रै बनेर यति ठुलो विग्रहलाई शान्त पार्न कठिन नै हुने छ। 

बिकल्प चाहियो भन्ने तर नेतृत्व गर्न नसक्ने एक खाले बौद्धिकहरु अहिले कोठाभित्र बसेर  मौका त पटक पटक आउने हैन यसपालिको भेल छोप्न सकिएन भनेर च्व च्व गरिरहेका हुनुपर्छ ।

सबिधानमा राजतन्त्र र हिन्दु धर्म हुन पर्छ भन्ने माग राख्ने प्रजातन्त्र पार्टीले समेत भाग लिएको प्रदेश सभाको निर्बाचनमा स्वतन्त्र पार्टीले भाग लिएन। पार्टी दर्ता गर्दा पेश गरेको आफ्नो विधानमा यो बिषय पक्कै पनि उल्लेख गरेको छैन। बास्तबिक कारण लुकाएर प्रदेश सरकारमा जनताको त्यति भरोसा नभएको कारण निर्बाचनमा भाग नलिने निर्णय त्यो पार्टीको बैठकबाट पास भएको हो कि अधक्ष्यले भाषण मात्रै गरेका हुन् त्यो पनि चासोको बिषय हो।  तर पार्टी दर्ता गर्न आन्तिम समयमा पुग्दा बिधिबत रुपमा कागज पत्र पेश गर्न नसकेर प्रदेशको निर्बाचनमा भाग लिन नसकिएको बास्तबिकता उनि लगायत अन्य नेता हरुलाई पनि जानकारी हुने नै भयो। व्यक्तिगत बिषयमा समेत इमान्दारिता देखाएन भने बेइमानको संज्ञा पाइने प्रचलन छ भने झन् सार्बजनिक वा राजनीतिमा लाग्नेहरुको ब्यबहार त्यस्तो हुनु उचित हैन। त्यसमा पनि पुराना नेताहरुले केहि पनि गरेन भनेर ठुला ठुला कुरा गर्नेहरुको पार्टीले शुरुमा नै यस प्रकारको झुटको खेति गरेर गलत धरातल निर्माण गर्नु उचित हैन। काठमाण्डौ एक नम्बर क्षेत्रमा भएको निर्बाचनमा नाम चलेका स्वतन्त्र जस्ता देखिने केहि  व्यक्तिहरु आ आफ्नो पार्टीको उमेद्वारको हैसियतमा  मैदानमा हुँदा भर्खरै राजाबादी भएका मिश्रले थोरै मतले मात्रै हार ब्यहोर्न पर्यो भन्ने गरेको सुनियो।  । हामि बिरोधिहरुले यसको लागि रबीलाइ  धन्यवाद नै दिन पर्ने होला तर त्यस  मध्ये एक पूर्व प्रहरी नेता रमेश खरेलले भने उनलाई धोकेबाजको आरोप लगाएका छन्। त्यस क्षेत्रमा स्वतन्त्रले उमेद्वारी नदिने सहमति भएर पनि अन्तिममा पुकार बमलाई पठाइयो किन उनले त्यस्तो गरे भन्ने प्रश्न उठाएका छन्। यदि यो सहि हो भने राजनीतिमा छिर्न नपाउदै यस्तो अभियोग लाग्नु ठिक हैन।  

हामीमा एउटा गलत सिद्धान्तले जबर्जस्त घर गरि रहेको छ। देश कुनै एक नेता वा पार्टीले  आएर बनाइ दिन्छ भन्ने हाम्रो सोचाईमा नै परिबर्तन आउँ आबश्यक छ।  राजनीतिमा लागेका जो कसैले पनि शुरुमा ठिकै गरेको जस्तो लाग्छ तर कुर्चीको स्वाद चाखे पछि सबै जना बिस्तारै विभिन्न तरिकाबाट अलोकप्रिय हुदै जाने हुन्।  केहि राम्रो काम गर्यो भने भगवान सरह मान्ने गरिन्छा आखिर उनि पनि मानिस हुन् मानबिय गल्ति भयो भने राक्षस जस्तो घृणा गर्न थालि हालिन्छ। अलि भाखा मिलाएर दुइ चार राम्रो मिठो अझै  बिशेषत: पुराना नेताहरुलाई गालि गर्न जानियो भने वाहा पाइञ्छ। अब सबै हुन् पर्ने काम यसैले ठिक पारि दिन्छ भनेर पछि लागिन्छ। मेरो देश डुब्न लाग्यो किनार लगाई देउ,सपुत छौ  कि कोहि माझि बचाई देउ र यो देशमा म एउटा मानिस खोजि रहेछु भन्ने जस्ता गीतहरु हामीलाई धेरै मन पर्छ र मरी मरी एकजना विधाता खोजि रहेका छौ । तर सबैले मिलेर एउटा राम्रो  नीतिमा अगाडी बढ्न सकिए मात्रै देश बन्न सक्ने हो।फेरि एक पटक बनाइ दिएर पुग्दैन त्यसलाई निरन्तरता दिन सबैले समान रुपले थुप्रै दायित्वहरु पुरा गर्न पर्छ भन्ने यथार्थता बुझ्न सकिएन भने देश बनेर पनि भत्किन्छ बिग्रन्छ। 

टिप्पणीहरू