११ दिनसम्म अड्डी कसेर बसेको एमाले बल्ल मत गन्न तयार

११ दिनसम्म अड्डी कसेर बसेको एमाले बल्ल मत गन्न तयार

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा मतगणना रोक्दै आएको एमाले अन्ततः गन्ती प्रक्रिया सुचारु गर्न राजी भएको छ । यता उस्तै प्रकृतिको धाँधलीमा दोलखाका १० वटा निर्वाचन क्षेत्रमा भने भोलि पुनः मतदान हुँदैछ । 

मरेका मान्छेको नाममा भोट हालियो भन्दै हिजोसम्म स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान गर्नैपर्ने अडानमा रहेको एमालेले आज मतगणनाको ग्रीन सिग्देल दिएपछि निर्वाचन आयोग सोहीबमोजिम निर्णय लिन बाध्य भएको बताइन्छ । 

यसअघि स्याङ्जा २ मा पुनः मतदान गराउन चार जना आयुक्त एकातिर हुँदा आयुक्त ईश्वरीप्रसाद पौड्याल एक्लैले लिखित असहमति जनाएका थिए । तर,अहिले प्रमुख निर्वाचन आयुक्तसहित ती चारै जना मतगणनाको निर्देशन दिने ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । 

यसबीच नेकपा एकीकृत समाजवादीलाई समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन झिनो मतको आवश्यकता देखिएको छ । हिमाल शर्मालगायत कतिपय माओवादी नेताले दोलखामा हुने निर्वाचनमा समानुपातिकतर्फ एकीकृत समाजवादीलाई मतदान गर्नुपर्ने धारणा सामाजिक सञ्जालमा व्यक्त गरेपछि एमाले नेतृत्व झस्किएको देखिन्थ्यो ।

"यसअघि स्याङ्जा २ मा पुनः मतदान गराउन चार जना आयुक्त एकातिर हुँदा आयुक्त ईश्वरीप्रसाद पौड्याल एक्लैले लिखित असहमति जनाएका थिए । तर,अहिले प्रमुख निर्वाचन आयुक्तसहित ती चारै जना मतगणनाको निर्देशन दिने ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।" 

‘एसलाई समानुपातिक भोट जाने भएपछि कमरेडहरुले बुथ क्याप्चर भएको भनिएको चुनावलाई पनि सदर गरेका हुन् । सोहिअनुसार अहिले आएर मतगणना गर्न राजी भएका छन् ,’निर्वाचन आयोग स्रोतले भन्यो । पुनः मतदान गर्दा माओवादी र काँग्रेसले समानुपातिकतर्फ कलमलाई भोट खन्याउलान् भन्ने डरले उक्त निर्णय गर्नुपर्ने र मान्नुपर्ने अवस्था आएकोे कतिपयको कथन छ । केपी ओलीले त गत हप्ता  समाजवादीलाई थ्रेस होल्ड कट्न नदिन सार्वजनिक आह्वान नै गर्नुभएको थियो ।

काँङ्ग्रेस र माओवादीले पुनर्मतदानमा गएर मत थपे १ सीट मात्रै बढ्ने हो । तर,एकीकृत समाजवादीले थ्रेस होल्ड कटायो भने ४ सीट बढ्न सक्छ । यस्तो अवस्थामा गठबन्धनलाई ठूलो राहत हुने हिसाबकिताबपछि एमाले मतगणना शुरु गर्न तयार भएको सहज अनुमान लगाइएको छ । सोही अवस्थामा अध्यक्ष केपी शर्मा  ओलीले पद्मा अर्यालले एक सीट हारेर केही फरक नपर्ने तर फेरि चुनावमा जाँदा सरकार गठनमै तलमाथि परिणाम आउने भन्दै यत्तिका दिनपछि स्याङ्जाको मतगणना सुचारु गर्न नेताहरुलाई ‘गो अहेड’ भन्नुभएको चर्चाले राजनीतिक वृत्त तातेको छ ।

टिप्पणीहरू