अरु संघीय संसदतिर लाग्दा एकीकृत समाजवादी प्रदेश सभामा केन्द्रित

अरु संघीय संसदतिर लाग्दा एकीकृत समाजवादी प्रदेश सभामा केन्द्रित

निर्वाचन आयोगले दिएको आज अपरान्हसम्मको समयसीमाभित्र अधिकांश राजनीतिक दलले समानुपातिक सांसदको नाम तय गरेका छन् । नेपाली काँग्रेस,एमाले, माओवादीलगायत राष्ट्रिय पार्टीको हैसियतमा रहेकाले संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदको नामलाई अन्तिम रुप दिएर आयोगमा बुझाएका हुन् ।

हालैको निर्वाचनमा संघीय संसदमा १० सीट जितेको नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको नाम चयन गरेको छ । आज स्थायी कमिटीको १३ औं बैठकले गरेको निर्णयानुसार प्रदेश नम्बर १ मा विद्या चाम्लिङ राईको नाम चयन भएको छ । 

मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवी परेका छन् भने बाग्मतीमा मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ छन् । लुम्बिनी प्रदेश सभामा भगवती अधिकारी, कर्णालीमा कल्याणी खड्का र सुदूर पश्चिम प्रदेश सभामा माया पन्त छानिएको पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू