अवैध काठ बोकेको ट्रकको रिपोर्टिङमा गएका पत्रकारलाई धम्की

अवैध काठ बोकेको ट्रकको रिपोर्टिङमा गएका पत्रकारलाई धम्की

लम्कीचुहा नगरपालिका २ मा अवैध काठ निकासी गर्दै आएको टोलीलाई प्रहरीले पक्रेको छ । नगरपालिकाको वडा नम्बर ४ पूर्णिमा सामुदायिक वनबाट पाँच वटा ट्याक्टरमा अवैध काठ निकासी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर लम्कीचुहा वन डिभिजन कार्यालयको जिम्मा लगाएको बताइएको छ ।

‘लम्की प्रहरीले नियान्त्रण लिएर हाम्रो कार्यालयको जिम्मा दिएको छ । काठ कसले ल्याएको हो भन्नेबारे अझै खुलेको छैन । पाँच वटा ट्याक्टरसहितको काठ नियन्त्रणमा छ । अब कानुनी प्रक्रियामा जाने क्रममा छौं,’ लम्की सब डिभिजन वन कार्यालयका अधिकृत पूर्णराज विष्टले जनआस्थालाई बताए ।

यता रिपोर्टिङको क्रममा ‘अन द स्पट न्यूजका’ पत्रकार दिपक रावलले आफूलाई भिडियो नखिच्न आदेश दिँदै फोटो वा भिडियो खिचे राम्रो नहुने धम्की दिइएको दाबी गरेका छन् । ‘मैले यथार्थ देखाइदिन खोजेको हुँ । वनका अध्यक्ष भरत जोशीले किन भिडियो खिचेको भन्दै धम्की दिए,’ रावलले भने ।

टिप्पणीहरू