बिनोद चौधरीले एक महिनामै तोडे वचन

बिनोद चौधरीले एक महिनामै तोडे वचन

डलर अर्बपति विनोद चौधरीले भोलि प्रतिनिधि सभा सदस्यको शपथ खाँदै छन् । एक महिनाअघि सम्पन्न आमनिर्वाचनमा पश्चिम नवलपरासीबाट निर्वाचित नेपाली काँग्रेस सभासद चौधरीले झण्डै तीन सातासम्म स्थानीयको मन जित्न कुनै कसर बाँकी राखेनन् । 

उनले चुनावको क्रममा खाएका खानेकुरा, प्रयोग गरेका सवारी साधन, लगाएका पोशाक र जनाएका प्रतिबद्धताले डलर अर्बपति बर्दघाट वरिपरिका रैथाने थारु नै रहेको भान पारेका थिए । चुनाव जितेलगत्तै भैरहवा पुगेर बुध्द एअरको उडानमा चौधरी ग्रुपका सहयोगीहरुका साथ राजधानी आएका उनी श्रीलंकाको राजधानी कोलम्बो गए र गत साता कोलम्बोबाट सोझै काठमाडौं आए । 

आखिर किन रातारात कोलम्बो गएका थिए चौधरी ? ‘उनी त्यहाँको एउटा समस्यामा परेको बैंक खरिद गर्न गएका हुन्,’ चौधरी निकटस्थ एक जनाले भने । उनी युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर किनेर गत साता काठमाडौं आएका थिए । चौधरीले आफ्नो स्वामित्वमा रहेको सीजी क्यापिटल पार्टनर्स ग्लोबल लिमिटेडको नाममा उक्त सेयर खरिद गरेका हुन् । तर, सेयर खरिदमा प्रयोग भएको मूल्यबारे केही बताइएको छैन ।

उक्त किनबेचमा कल्चर फाइनान्सियल होल्डिङ्स प्रालि र चौधरीको सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालिबीच सम्झौता भएको छ । दुई मुलुकका दुई पक्षबीच नोभेम्बर ३० मा सम्झौता भए पनि दुई सातापछि मात्र नियमनकारी निकायलाई जानकारी गराइएको हो । अहिले श्रीलंकामा उक्त बैंकको सेयर प्रति सेयर श्रीलंकाली रुपैयाँ साढे ७ को वरिपरि किनबेच भइरहेको बताइन्छ ।

गत वर्षदेखि चरम आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकालाई सहयोग गर्न उक्त बैंक खरिद गर्न लागेको चौधरी समूहको अनौपचारिक भनाइ छ । यता मुलुकमा विदेशी लगानी क्रमशः घट्दै गएको छ । स्थानीय सर्वसाधारणको विकास गर्ने, मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने वचन दिँदै भोट बटुलेका उनै चौधरी अहिले करोडौं डलर कोलम्बोमा पुर्याएर त्यहाँको बैंक किन्न सहमत भएका हुन् । 

विश्वमा रहेका विभिन्न होटल, रिसोर्ट र वाईवाई कारखानाको आम्दानीबाट सुको नेपाल ल्याएका छैनन् । ‘नेपालबाट उल्टै उनले यो मन्दीको समयमा डलर विदेश लैजान खोज्नुलाई विधायकको कुन कर्मको रुपमा लिने,’ नेपाल राष्ट्र बैंकका एक जना उच्चअधिकारीले बताए । ‘मुुलुक विकासको भिजन भएका उद्योगपति’ को नाराले सामाजिक सञ्जाल रंगाइएको थियो । तर, अहिले चुनाव जितेको एक महिना नबित्दै उनी यताको डलर उता लैजाने अभियानमा लागिसकेका छन् ।

टिप्पणीहरू