भारतीय जर्नेलको टोली वार कलेजको निरीक्षणमा नगरकोटतिर

भारतीय जर्नेलको टोली वार कलेजको निरीक्षणमा नगरकोटतिर

नेपाल भ्रमणमा रहेको भारतीय उच्च सैन्य टोलीले आज राजधानी नजिकै वार कलेजको निरीक्षण गरेको छ । टोली नगरकोटस्थित उक्त कलेज निरीक्षणको निम्ति बिहानै काठमाडौंबाट त्यता गएको छ । 

भारतीय सेनाको ट्रेनिङ कमाण्ड (आर्टर्याक) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जर्नेल जेएस सन्धुको नेतृत्वमा आएको टोली रुपन्देहीको सालझण्डीम  जारी नेपाल-भारत संयुक्त सैन्य अभ्यास "सूर्य किरण-१६" अवलोकनका क्रममा   वार कलेज निरीक्षण गर्न गएको बताइएको छ । कालिमाटीस्थित होटल सोल्टीमा ब्रेकफास्ट खाएपछि नौ सदस्यीय टोली अहिले नगरकोट गएको हो । 

बुटवल नजिकैको सालझण्डीमा गत शुक्रबारदेखि नेपाल–भारत संयुक्त सैन्य अभ्यास चलिरहेको छ । दुबै मुलुकका ६ सय ५० जना सैनिकको सहभागिता रहेको ‘सूर्य किरण’ अभ्यासको यो १६ औं संस्करण हो । यसअघि उक्त अभ्यास भारतमा भएको थियो ।

टिप्पणीहरू