काठमाण्डौमा भाजपाको झण्डा हल्लाउने गाडी बग्रेल्ती

काठमाण्डौमा भाजपाको झण्डा हल्लाउने गाडी बग्रेल्ती

राजधानीमा केही सातादेखि भारतीय जनता पार्टी (भाजपा) र उसको भात्री संगठन आरएसएसको झण्डा हल्लाउँदै हिँडेका सवारी साधन धेरै देखिएका छन् ।  निर्वाचन परिणामलगत्तै नयाँ चुनिने प्रधानमन्त्री र राष्ट्रपतिसम्बन्धमा देखिएको भारतीय चासोसँगै राजधानीमा गुडेका भाजपाका गाडीले विशेष अर्थ राख्ने बताइन्छ । 

ती गाडीमा आरएसएसको स्टिकरसमेत टाँसिएको स्रोतको दाबी छ । भारतीय सीमावर्ती शहर तथा बजारमा देखिने उतैको नम्बर प्लेटका सवारी साधन नेपालको राजधानीमा समेत गुड्न थालेको हो ।

टिप्पणीहरू