नगरपालिकालाई सफा बनाउन सूर्तीजन्य पदार्थ बेचबिखनमा रोक
रुपन्देहीको सिदार्थनगर नगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका किराना र पान पसलमा पाइने गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको हो ।
यसको सेवनले जनस्वास्थ्यमा प्रतिकूल असर पार्नुको साथै त्यसबाट निस्किने फोहोरले नगरको सौन्दर्यतासमेत बिगारेकाले बिक्री वितरणमा रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडे्यालले बताए ।
उनकाअनुसार व्यवसायीलाई यस्ता हानिकारक वस्तुको बिक्री रोक्न ३५ दिनको म्याद दिइएको छ । सो अवधि पश्चात् पनि ती वस्तु बेचेको पाइएमा प्रत्येक पटक पाँच हजार रुपैयाँ जरिवाना तिराउने चेतावनी नगरपालिकाको छ ।
नगरपालिकाको कार्यपालिकाको बैठकले सूर्तीजन्य पदार्थको बिक्री वितरणको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिदार्थनगरलाई सफासुन्दर र हरियालीयुक्त शहर बनाउन उल्लेखित वस्तुमा प्रतिबन्ध लगाएको बताइएको छ ।
टिप्पणीहरू