दलका नेताहरु शीतल निवासमा, मन्त्रीहरू पार्टी कार्यालयमा
सरकारको तीन सदस्यीय राजनीतिक वार्ता समिति विभिन्न दलको कार्यालय अवलोकनमा निस्किएको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सम्मिलित उक्त समितिले भदौ २३ र २४ गते आगजनी गरिएका राजनीतिक दलहरूका कार्यालय अवलोकन गरेको हो ।
बिहान सानेपास्थित कांग्रेस मुख्यालय पुगेको उक्त टोलीले दिउँसो च्यासल पुगेर एमालेको केन्द्रीय कार्यालयको अवलोकन गरेको छ । त्यस्तै, तत्कालीन माओवादी केन्द्रको कार्यालय अवलोकनको लागि टोली पेरिसडाँडा जान लागेको बुझिएको छ ।
उता, तीन दलका शीर्ष नेताहरु भने शीतल निवास जाँदैछन् । राष्ट्रपति रामचन्द पौडेलले तीन नेतालाई दिउँसो तीन बजे छलफलमा बोलाउनुभएको हो ।
टिप्पणीहरू