सर्वाेच्च भनेपछि शीतल निवासकाे निम्ताे
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसो तीन बजे शीतल निवास बोलाउनुभएको हो ।
सरकारले जसरी पनि तोकिएकै मितिमा निर्वाचन गराउने तयारी गरिरहँदा कांग्रेस र एमाले संसद पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेको पृष्ठभूमिमा राष्ट्रपति पौडेलले शीर्ष नेताहरुसँग छलफलको आयोजना गरेको बताइएको छ ।
हिजो सिंहदरबारमा सर्वपक्षीय बैठक पनि बसेको थियो, जसमा विभिन्न दलका दोस्रो र तेस्रो तहका नेताहरु मात्र सहभागी थिए ।
टिप्पणीहरू