विदुरले पृथ्वी जयन्तीको बिदा दिने

विदुरले पृथ्वी जयन्तीको बिदा दिने

नुवाकोटको विदुर नगरपालिकाले राष्ट्रिय एकीकरण दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । गत पुस १७ गते बसेको नगर कार्यपालिकाको बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नगरपालिकाले उक्त दिन आफ्नो मातहतमा रहेको वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द रहने जनाएको छ ।

टिप्पणीहरू