निजामतीमा छिराउन गाउँपालिकाले सित्तैमा लोक सेवा पढाउने

निजामतीमा छिराउन गाउँपालिकाले सित्तैमा लोक सेवा पढाउने

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोक सेवा पढाउने भएको छ । एसईई पास भएर प्राविधिक विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष धापा सम्डुक गुरुङले निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्धन्द्धपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको बताए ।

गाउँपालिकाले १५ दिने सूचना प्रकाशित गर्दै प्राविधिक विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । सूचनामा राम्रो ग्रेड ल्याएका २७ जना विद्यार्थीलाई मात्र छात्रवृत्तिका लागि छनोट गरिने जनाइएको छ । साथै, प्रथम र दोस्रोपत्रको तयारीमा लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ ।

टिप्पणीहरू