चालिस हजारको साडी सीमा नजिकै पुलिसले समात्यो
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चालिस हजार मूल्य बराबरको अवैध साडी प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको भद्रपुर नगरपालिका-५ मेचीनगर काँसघारीबाट प्रहरीले साडी बरामद गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामान समातेको जनाइएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय, झापा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
लुकाएर छिराउन खोज्दा हजारौँको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलेर लुकाई छिपाई भारतबाट नेपाल भित्र्याइएको हजारौँ मूल्य पर्ने किराना सामान झापाबाट बरामद भएको छ । अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ ईटाभट्टा चौकबाट उक्त सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ईटाभट्टा चौकमा चेकजाँच गर्ने क्रममा ३२ हजार बराबरको किराना सामान फेला परेको जनाएको छ । बरामद सामान मेची भन्सार कार्यालय, काकरभिट्टा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी गराएको छ ।
टिप्पणीहरू