हात्तीले खेदेपछि वनभोज खाइरहेकाको भागाभाग

हात्तीले खेदेपछि वनभोज खाइरहेकाको भागाभाग

झापामा वनभोज खाइरहेकालाई जंगली हात्तीले लखेटेको छ । शिवसताक्षिधाम नगरपालिका ११ मो जंगलमा वनभोज खान गएकाहरुलाई जंगली हात्तीले खेदेपछि उनीहरु सबै सामान छाडेर भागेका हुन् ।

सोही वडाका स्थानीय शिवसताक्षिधामको उत्तरी भेगको जंगलमा वनभोज जाँदा जंगली हात्ती आक्रमण गर्ने हिसाबले आएपछि सबैको भागाभाग भएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले बताए ।

नगरपालिकाको वडा नम्बर १, ८, ९, र ११ जंगल क्षेत्रभित्र पर्ने भएकाले सँधै हात्तीले आतंक मच्चाइरहने स्थानीयहरु बताउँछन् । आफूले नगरबाट सक्दो पहल गरे पनि राज्यका विभिन्न निकायले वास्ता नगरिदिँदा हात्ती नियन्त्रणमा समस्या देखिएको प्रमुख थोप्राको भनाइ छ ।

टिप्पणीहरू