दुर्गममा पनि दोस्रो श्रीमानको नामबाट नागरिकता लिने उत्तिकै
मुलुकको शहरी र सुगम जिल्लामा झैँ दुर्गम भेगमा पनि दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको संख्या ह्वात्तै बढेको छ । लुम्बिनी प्रदेशको रोल्पामा पनि दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको संख्या पछिल्लो समयमा निकै बढेको छ ।
जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्ने महिलाको संख्यामा पनि वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्षमा पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम गराउन परेको निवेदनमध्ये एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।
गत वर्ष जिल्ला प्रशासन कार्यालयबाट सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो ।
टिप्पणीहरू